scheduleबिहिवार बैशाख १२ गते, २०७६

मोबाइल चोरले पत्र लेखेरै सिम र मेमोरीकार्ड फिर्ता गरेपछि…

सुनसरी, २७ माघ। गत माघ २३ गते सुनसरीको धरानमा अवस्थित भैरव आङ्लाको घरबाट उनकी श्रीमती टिनाको सामसुङको जे १ मोबाइल चोरी भयो । मोबाइल कसले चोर्यो भन्ने अत्तापत्तो भएन ।

तर त्यसको चार दिनपछि माघ २७ गते आईतबार बिहान घरको गेटमा एउटा सानो कागजको टुक्रा फेला पर्यो । उक्त कागजको टुक्रामा ‘आइ एम सरी मिस टिना, रियल्ली सरी । भेटेर दिएको है ।’ लेखिएको रहेछ । कागजको टुक्रासँगै त्यहाँ मोबाइलको सिम र मेमोरीकार्ड समेत थियो ।

यस्तो अपत्यारिलो घटना भएपछि आङ्ला दम्पत्ती छक्क परे । त्यसलगत्तै आङ्लाले फेसबुकमा पोष्ट गरे, ‘चोरले मोबाईल हराए पनि यी दुईचिज फर्काएछ । चोरलाई धन्यवाद ! यसैगरी मोबाइल पनि फर्काइदिन बिन्ति छ ।’

आङ्लाको यो पोष्ट पढेर चोरले मोबाइल फर्काउला, नफर्काउला त्यो भने भोलिका दिनमा नै थाहा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob