scheduleसोमवार भाद्र २ गते, २०७६

केन्द्रको राजस्व वित्तीय आयोगमार्फत स्थानीय तहलाई दिनुपर्छ : डा भट्टराई

धादिङ, २७ माघ । एक महिने जनसंवाद यात्रामा रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले केन्द्रको राजस्व वित्तीय आयोगमार्फत स्थनीय तहमा पठाउनु पर्ने बताएका  छन् ।
आइतबार जनसंवादका क्रममा धादिङमा भएको एक कार्यक्रममा संयोजक भट्टराईले यस्तो कुरा बताएका  हुन् । ‘ संविधानले २२ वटा अधिकार स्थानीय तहलाई लेखेर दिएको छ र यो अधिकार नागरिकले छाड्नु हुँदैन’, उनले भने ‘केन्द्रको राजस्व वित्तीय आयोगमार्फत स्थानीय तहलाई दिनुपर्छ ।’
त्यस्तै उनले अन्तर्क्रियाका क्रममा नेपालका राजनीतिक पार्टीभित्र सक्षमले अवसर नपाउने अवस्था आउनु दु:खद भएको समेत बताएका थिए । ‘पार्टी ने समानान्तर सत्ता जस्ता भए र पार्टीमा जति सुकै सक्षम भए पनि अवसर नपाउने अवस्था भयो’, डा. भट्टराईले भने ।
यस क्रममा पृथ्वी नारायण शाहले नेपालको प्रशासनिक र फौजी एकीकरण गरेको तर्क संयोजक भट्टराईले राखेका  थिए । ‘ नेपाल एकीकरण हुँदा सबै जाति र समुदायबीचको भावनात्मक एकीकरण पूर्ण रुपमा भएको थिएन’, उनले भने । मध्य पहाडी लोकमार्गमा बस्ने ९ वटा प्रमुख जातजातिबीच संसर्ग गर्ने र चहलपहल बढाउने कार्यमा पुष्षलाल लोकमार्गले महत्वपूर्ण भुमिका खेल्ने समेत उनको भनाइ थियो ।
‘विकासका निम्ति बाटो आवश्यक छ । सबैलाई समानता, विकास र समृद्धि चाहिएको छ’, भट्टराईले भने तर देश कमिशन र काण्डैकाण्डले बिग्रिएको छ । अहिले समृद्धिको शब्द चोर्ने, सार बिर्सिएर खोल ओड्ने तर गुदी फ्याक्ने काम भइरहेको छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage