scheduleबिहिवार बैशाख १२ गते, २०७६

प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु : मुख्यमन्त्री राई

ओखलढुङ्गा, २७ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका  छन् । ओखलढुङ्गाको वर्णालुमा आज रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रलाई नाफा मनाउने मात्र नभई मुलुक निर्माणमा पनि भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा ओखलढुङ्गाका प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ र सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेश १ नं को नाम सगरमाथा राख्न आग्रह गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob