scheduleआइतवार भाद्र ८ गते, २०७६

मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी

काठमाडौँ, २८ माघ । सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ । आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न मागसमेत गरेको छ ।

समिति संयोजन श्रीराम न्यौपानेले नेपाली व्यवसायीको भुक्तानी नहुन्जेल अन्य नेपाली निर्माण कम्पनीलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे ।

उनले भने,‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुंगो नलगाई अगाडि नबढ्न आग्रह गर्छु ।’ आयोजनाबाट नेपाली व्यवसायीको झन्डै डेढ अर्ब भुक्तानी नभएको गुनासो पोखे । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage