scheduleबिहिवार भाद्र ५ गते, २०७६

अनुपम खेरले पनि गरे कंगनाको तारिफ

काठमाडौँ, २८ माघ । बलिउडमा आफुलाई एक्लाउने प्रयास भएको आरोप लगाएकी कंगना रणावतको समर्थनमा अभिनेता अनुपम खेरले आफ्नो प्रतिक्रिया दिएका छन् ।

केही दिन अगाडि बलिउडका कलाकारहरुले आफ्नो कामको तारिफ नगरेको भन्दै उनले आक्रोश पोखेकी थिइन् ।

त्यसपछि उनको बारेमा आलिया भटले आफ्नो प्रतिक्रिया दिदै तारिफ गरेकी थिइन् । अब भने अनुपम खेरले पनि तारिफ गरेका छन् । उनले भनेका छन्, ‘कंगना तिमी एक होनहार कलाकार हौँ । महिलाहरुका लागि तिमी प्रेरणा हौँ ।’

पछिल्लो समय रिलिज भएको फिल्म मनिकर्निकाले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो । १०० करोड क्लबमा प्रवेश गरेको यस फिल्ममा कंगनाको प्रमुख भुमिका रहेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage