scheduleआइतवार फाल्गुन ५ गते, २०७५

सभापति शेरबहादुर देउवाले प्रतिबद्धता लत्याउँदै युटर्न लिए !

काठमाडौँ, २८ माघ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिबद्धता लत्याउँदै युटर्न लिएका छन् । २०७५ पुषको पहिलो साता पार्टीको हमहासमिति बैठक सम्पन्न हुनुपूर्व केन्द्रीय सदस्य तथा पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउने गरी पार्टीको विधान संसनेधन हुनुपर्छ भन्ने चर्को आवाज उठेपछि सभापति देउवा विधान संशोधन गरेर केन्द्रीय सदस्य तथा पदाधिकारीहरु स्वतः महाधिबेशन प्रतिनिधि हुने व्यवस्था हटाउन सार्वजनिकरुपमा नै सहमत भएका थिए ।

सम्पन्न आम निर्वाचनको समीक्षा गर्न भनेर महासमितिको बैठक बोलाइएको भएपनि २०७५ मंसिर २८ गते सुरु भएर पुष २ गते सम्पन्न हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक उल्लेखित विावदकै कारण १० दिनसम्म लम्बिएको थियो । जिल्ला सभापतिहरुले सामूहिक रुपमानै केन्द्रीय सदस्य तथा पदाधिकारीहरु स्वतः महाधिबेशन प्रतिनिधि हुने प्रावधान हटाएर सबै महाधिबेशन प्रतिनिधिहरु तलबाटै चुनिएर आउनुपर्ने गरी विधान संशोधन हुनुपर्छ भन्ने प्रस्ताव राखेका थिए । र सभापतिहरुको प्रस्तावप्रति महासमिति बैठकमा अधिकांशहरुले समर्थन गरेका थिए ।

यो प्रस्तावमाथि समर्थन नजनाए विधान संशोधन नै हुने नसक्ने अवस्था आएपछि सभापति देउवनले केन्द्रीय समितिको बैठकमार्फत यो प्रावधानलाई समेत समेटेर विधान संशोधन गर्ने वचन महासमितिबैठकमा दिएका थिए । यो वचन दिएपछि मात्र महासमितिको बैठकले विधान संशाृधनलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।  साँघुमा खबर छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob