scheduleशुक्रवार बैशाख १३ गते, २०७६

क्यासिनो अन्नाविरुद्ध सङ्घर्षमा उत्रिए श्रमिकहरु

काठमाडौँ, २८ माघ । देशभरका झन्डै १ हजार श्रमिक काठमाडौँको दरबारमार्गस्थित क्यासिनोे अन्नाविरुद्ध सङ्घर्षमा उत्रेका छन् । होटल व्यवस्थापनले क्यासिनोे चलाउने जिम्मा गैरकानुनी तरिकाबाट एक वर्षअघि अर्कैलाई दिएपछि पुराना मजदुर समस्या परेका हुन् ।

नयाँ क्यासिनो सञ्चालकले पुराना मजदुरलाई पुनः बहाली गर्नुपर्ने मजदूर सङ्घर्स समितिको माग छ । अन्नाको पुरानो व्यवस्थापनले भने आफूहरुसमेत पीडित भएको भन्दै पञ्छिन खोजेको छ । श्रम अदालत र सर्वोच्च अदालतले समेत मजदुरको पक्षमा निर्णय सुनाइसकेको अवस्थामा क्यासिनो मजदुरले भने पारिश्रमिक पाउन सकेका छैनन् ।

सङ्घर्ष समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गुहारेपछि थप अनुसन्धान गरी निर्णयमा पुग्ने तयारीमा मन्त्रालय छ । सर्वोच्च अदालतले गएको जेठमा अन्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई नयाँ व्यवस्थापनले खोलेको क्यासिनोमा फर्काउन र काम गर्न नचाहनेलाई नियमसङ्गत सेवासुविधा दिन अन्तरिम आदेश दिएको थियो । तर आदेशको पालना नहुँदा पीडित मजदुरहरू झन् पीडामा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob