scheduleशुक्रवार भाद्र ६ गते, २०७६

सम्झौताअनुसार सेवासुविधा नदिने ७७ विदेशी कम्पनी कालो सूचीमा

काठमाडाैं, २८ माघ ।  वैदेशिक रोजगार विभागले ७७ वटा विदेशी कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचिमा परेका कम्पनीमा कामदार पठाउन समेत रोक लगाएको छ ।

विभागले कामदारलाई सम्झौताअनुसार सेवासुविधा नदिएको भन्दै परेको उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा ७७ वटा कम्पनीलाई कालो सूचीमा राखेको विभागका निर्देशक एवम सूचना अधिकारी भोलानाथ गुरागाईले बताए ।

विभागका अनुसार कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ७७ वटा कम्पनी रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage