scheduleशुक्रवार भाद्र ६ गते, २०७६

फागुन ३ देखि पानीजहाज कार्यालय सञ्चालनमा

काठमाडाैं, २८ माघ ।  सरकारले आउँदो फागुन ३ गतेदेखि पानीजहाज कार्यालय सञ्चालनमा ल्याउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना गर्न लागिएको हो ।

ललितपुरको एकान्तकुनामा कार्यालय स्थापनाका लागि ठाउँ तय भएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले  जानकारी दिए । पानी जहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको उनको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage