scheduleआइतवार फाल्गुन ५ गते, २०७५

आज काँग्रेस केन्द्रीय कार्यसमिति बैठक, विवादकाबीच यस्ता छन् एजेण्डा

काठमाडौं, २८ माघ । आजका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ । केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशन प्रतिनिधि स्वतः बन्न पाउने कि नपाउने भन्ने विवादमा अल्झिएको काँग्रेसले आज विधान अनुमोदन गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन् ।

महासमितिबाट पारित भएको विधान, संशोधनसहित अनुमोदन गर्न बोलाइएको केन्द्रीय समितिमा नेताहरुले आ-आफ्ना अडान नछाडेपछि विधान अनुमोदन गर्न काँग्रेसलाई सकस परेको छ । यस्तैगरी आजको बैठकमा नेविसंघको विषयमा पनि छिनोफानो हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob