scheduleबिहिवार बैशाख १२ गते, २०७६

नागरिकमा निराशा फैल्याउने काम भैरहेकोले सचेत हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता तत्वविरुद्ध सचेत रहनु आग्रह गरेका छन्। सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाएका हुन्।

उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु सक्रिय भईरहेको दाबी गरे। प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत् आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै त्यस्तो कार्य सैह्य नहुने चेतावनी दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob