scheduleसोमवार श्रावण ६ गते, २०७६

प्रणय दिवसकै संघारमा ल्याइन् मेलिना राईले प्रेमील गीत (भिडियोसहित)

काठमाडाैं, २८ माघ  ।  सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा ‘तिमी सुन न, तिमी बुझ न’ बोलको प्रेमील गीत  वसन्त पंचमीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बास्ताकोटीको शव्द रचनामा खेम विश्वकर्माले संगीत गरेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

गीतको रेकर्डिङ्ग काठमाडाैंस्थित मेलोडी नेपाल स्टुडियोमा गरिएको हो । प्रेम मनोविज्ञानको गहिराइमा पुगेर शुसज्जित शब्दहरूमा लेखिएको गीतमा आफूले मिहिनेतका साथ संगीत गरेको र मेलिना राईले गायनमा राम्रै न्याय गरेकोले यो गीत स्रोताहरुको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको संगीतकार खेम विश्वकर्मा बताउँछन् ।

प्रणय दिवसको संघारमा सार्वजनिक गरिएको यो गीतमा स्रोताले आफ्नै प्रेमील कथा भेट्टाउने कुरामा गीतकार डाक्टर चन्द्र गिरी विश्वस्त छन् । गीतकार गिरीका अनुसार गीतको म्युजिक भिडियो निकट भविष्यमा अमेरिकाकै नर्थ क्यारोलाइनामा छायांकन हुँदैछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob