नेप्से सुध्रिएपनि ११२८ अंकमाथि जान सकेन
काठमाडौं, २८ माघ । शेयर बजारमा सोमबार सामान्य सुधार आएको छ । आज बजार परिसूचक नेप्से १.३४ अंकले बढेर ११२८.८६ अंकमा पुगेको छ । आज क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बढेको छ ।
बजारमा वाणिज्य बैंक र उत्पादन समूहको परिसूचकमा गिरावट आएको छ । बाँकी सबै समूहको परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजारमा १६६ कम्पनीका ६ लाख ८७ हजार ३३६ कित्ता शेयर ४ हजार ९८२ पटक खरिदबिक्री हुँदा २० करोड २७ लाख रुपैंया बराबरको कारोबार भएको छ । आज माथिल्लो तामाकोशीको कारोबार मात्रै १ करोड नाघेको छ बाँकी सबैको कारोबार एक करोड नाघ्न सकेन ।
आज चौतारी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशतका दरले कमाएका छन् । यता बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।