scheduleबिहिवार बैशाख १२ गते, २०७६

विवाहमा आफूले रोजेको गीतमा नाच्न नपाउँदा खुकुरी प्रहार, ३ जना गम्भिर घाइते

ताप्लेजुङ, २८ माघ । विवाहमा नाच्नेक्रममा आफ्नो रोजाईको गीतमा नाच्न नपाउँदा ताप्लेजुङमा खुकुरी प्रहार भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित एक विवाहमा स्थानीय युवाहरुले नाच्न नपाएको झोकमा पाहुना गएका चार जनालाई बाटो ढुकेर आक्रमण गरेका हुन् ।

फूलकारीकै स्थानीय उच्छृङ्खल ६ जनाको समूहले ढुङ्गा, मुढा र खुकुरीसहित आक्रमण गर्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । ‘आइतबार राति विवाह सकिएपछि नाच्नेक्रममा स्थानीय युवाहरुबीच गीत छनौट गर्ने क्रममा विवाद हुँदा फुङलिङ नगरपालिकाबाट गएका युवाहरुले सम्झाएछन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले भने, ‘त्यसपछि हामीलाई तिमीहरु सम्झाउने ? भन्दै घर फर्कदै गरेको अवस्थामा बाटो ढुकेर आक्रमण गरेर फरार भएछन् ।’

राति साँढे २ बजे खुकुरी प्रहारबाट स्थानीय दिलबहादुर तामाङको छोरीको विवाहमा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका कर्ण बहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको बताइएको छ । हतियार प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob