scheduleबिहिवार बैशाख १२ गते, २०७६

प्रसाद खाएपछि ४० विद्यार्थी बिरामी

लोहारदागा, झारखण्ड, २८ माघ । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेका छन् ।

पूजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका बिरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताएका छन् ।

ती विद्यार्थीहरुलाई विषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र वान्ता हुने समस्या देखा परेको खालिदले बताएका छन् । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन् ।

यस घटनाको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताएका छन् । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् । रासस/एएनआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob