scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

जनसंवाद यात्राको चौधौँ दिन पूर्वप्रधानमन्त्री भट्टराई धादिङमा, बूढीगण्डकी निर्माण छिटो सक्न माग

काठमाडौं, २८ माघ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसहित उनको टिम जनसंवाद यात्राको चौधौँ दिन धादिङ पुगेको छ । उनको टिमले यात्राको चौधौँ दिनमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जनसंवाद गरेको छ । डा. भट्टराईले ट्वीटरमार्फत उक्त जानकारी दिएका हुन् ।

उक्त अवसरमा राष्ट्रिय गौरवको जलासययुक्त बूढीगण्डकी आयोजना निर्माण नेपाल आफैंले छिटो सक्नुपर्ने माग गरिएको छ । साथै स्थानीयलाई छिटो मुआब्जा उपल्ब्ध गराउनुपर्ने माग गरिएको छ ।

उक्त जनसंवादकाक्रममा सल्यानटारको कुमाल बाहुल्य क्षेत्रमा सिंचाइ र रोजगारी प्रमुख समस्या रहेको भन्दै जनताका समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताइएको थियो । जनसंवाद कार्यक्रम अन्तर्गत नयाँ शक्तिको टिम आज नै प्रदेश नम्बर ४ को आरूघाट प्रस्थान गरेको छ ।

‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ मुल नाराका साथ नयाँ शक्ति पार्टी नेपालले माघ १५ गतेदेखि जनसंवाद यात्रा सुरु गरेको हो । पूर्वको पाँचथरदेखि सुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग हुँदै एक महिनापछि फागुन १५ गते पश्चिम बैतडीको झुलाघाटसम्म पुग्नेछ।

पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ७६ किमी यात्रा गर्दै जनतासँग संवाद गर्ने नयाँ शक्ति पार्टीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob