scheduleआइतवार फाल्गुन ५ गते, २०७५

न्युक्यासललाई उल्भरह्याम्टनले बराबरीमा रोक्यो

काठमाडौँ, २९ माघ । गएराति भएको प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई अन्तिम मिनेटमा उल्भरह्याम्टन वाण्डरअर्सले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५६ औ मिनेटमा इसाइक हेडनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिम मिनेटमा उल्भ्सका लागि विली बोलीले गोल गरेका थिए ।

यो बराबरीसँगै न्युक्यासलको २६ खेलमा २५ अंक भएको छ । न्युक्यासल लिगको १६ औँ स्थानमा रहेको छ । उल्भ्स ३९ अंककासाथ लिगको सातौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob