scheduleशुक्रवार बैशाख १३ गते, २०७६

चेल्सीका प्रशिक्षक सारीको जागिर धरापमा

काठमाडौँ, २९ माघ । म्यानचेस्टर सिटीसँग लज्जास्पद हार भोगेपछि चेल्सीका प्रशिक्षक सारीको जागिर पनि धरापमा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा २४ मिनेटभित्र नै चेल्सीले चार गोल खाएको थियो । यो हारसँगै सारीको रणनीति फेल खाएको समिक्षकहरुले बताएका छन् ।

केही दिन अगाडि भएको खेलमा पनि बन्र्लीले चेल्सीविरुद्ध चार गोल खाएको थियो । यस सिजन मध्यम स्तरको खेल प्रदर्शन गरेको र प्रशिक्षकले खेलाडीलाई प्रोत्साहन गर्न नसकेको आरोप प्रशिक्षकमाथि लागेको छ ।

यस सिजन प्रिमियर लिगको शिर्ष चारमा स्थान बनाउन प्रयासरत चेल्सी हाल छैटौ स्थानमा झरेको छ ।

२६ खेलमा ५० अंक जोडेको चेल्सी लिग लिडर चेल्सीभन्दा १५ अंकले पछि परिसकेको छ भने म्यानचेस्टर युनाइटेडले समेत पछि पारेको छ ।

अन्य शिर्ष क्लबको तुलनामा चेल्सीको खेल निकै खस्किएपछि प्रशिक्षक सारीबारे पनि चेल्सीले छिट्टै निर्णय लिने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob