scheduleबिहिवार बैशाख १२ गते, २०७६

भारतविरद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले  घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो ।

भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् ।

नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob