scheduleशुक्रवार भाद्र ६ गते, २०७६

‘मलाई असफल बनाउने प्रयास हुँदैछ’

काठमाडौँ, २९ माघ । बार्सिलोनाका स्टार खेलाडी अर्टुरो भिडाल पछिल्लो समय निकै आलोचित बनेका छन् ।

कोपा डेल रे समिफाइनलको पहिलो लिग खेलमा उनी रियल मड्रिडविरुद्धविरुद्ध पर्याप्त समय खेल्न पाएनन् भने एट्लेटिको बिलबाओसँग त ९० मिनेटसम्म नै बेन्चमा बसे ।

उनीभन्दा पनि नयाँ युवा खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको समिक्षा भएपछि उनले आफ्नो दुःख सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

उनले भनेका छन्, ‘मलाई हतोत्साहित गर्ने प्रयास गरिदैँछ । म निराश हुने मान्छे होइन ।’ उनले ट्वीट गर्दै भनेका छन्, ‘म पछि हट्दिन ।’

यस सिजन बार्सिलानाले सन्तुलित खेल खेलिरहेको छ ।

नयाँ खेलाडीहरु आएपछि नाम चलेकै केही खेलाडीहरु भने ओझेलमा परेका छन् । तीमध्येका एक हुन् भिडाल । उनले बार्सिलोनामा यसै गरी कति समय बिताउने हुन् त्यो भने चासोको विषय बनेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage