scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

समृद्धि नबुझेका शासकको कोरा शब्द रटानले समृद्धिकै उपहास भयो : प्रवक्ता खतिवडा

गोरखा, २९ माघ । नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता डम्बर खतिवडाले समृद्धि नै नबुझेका शासकहरुले केवल शब्दको रटानले समृद्धिकै उपहास भइरहेको बताएका  छन् ।

नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद यात्रा २०७५ अन्तर्गत मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै प्रवक्ता खतिवडाले उक्त कुरा बताएका  हुन्  ।

‘नेपालका शासकहरुले शब्दमा मात्रै समृद्धिको रटान गरिरहेका छन् तर उनीहरुले यसलाई गहिरोसँग आत्मसात गर्न सकिरहेका छैनन,’ उनले भने, ‘राजनीतिलाई असल नबनाईकन र भ्रष्टाचार निर्मूल नगरेसम्म समृद्धिको गफले केही हुँदैन ।’

राजनीतिक पार्टी समानान्तर सत्ताको रुपमा विकास भइरहेकोले मुलुकमा भष्टाचार बढिरहेको बताए । ‘जनताको सेवाका नाममा खुलेका राजनीतिक पार्टीहरु समानान्तर सत्ताका रुपमा विकास भइरहेका छन्,’ उनले भने, ‘यसले गर्दा केही अवसर पाउन पार्टीकै पछि लाग्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।’

जनसंवादको औचित्य प्रष्ट पार्दै नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता डम्बर खतिवडाले राजनीतिको चूरो कुरा समाजलाई निरन्तर प्रगतिउन्मुख गराउनु भएको बताउदैं गणतन्त्र स्थापनापछिको नेपालका नयाँ अन्तरविरोध पहिचान गर्दै त्यसलाई निराकरण गर्न नयाँ बहस र विचारको आवश्यकता भएको स्पष्ट पारे ।

नेपालको समकालीन राजनीतिको अन्तर्य असल राजनीति र समावेशी विकासभित्र अभिव्यक्त हुने उनले बताए । लोकतन्त्र एउटा विधि भएकोले यसको निरन्तर लोकतान्त्रिकरण आवश्यक भएकोमा उनले जोड दिए । ‘लोकतन्त्रको निरन्तर समृद्धिकरण गर्न नसक्दा लोकतन्त्रकै उपहास भइरहेको हुनसक्छ, उनले भने, ‘लोकतन्त्रको स्थापना नहुँदासम्म यसको स्थापनाको लागि संघर्ष हुन्छ भने लोकतन्त्र स्थापित भइसकेपछि यसको सघनीकरण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुको विकल्प छैन ।’

प्रतिनिधिमुलक लोकतन्त्रलाई सहभागितामुलक लोकतन्त्रमा स्तरोन्नति गर्न प्रत्यक्ष लोकतन्त्रको अभ्यास महत्वपूर्ण भएकोमा उनको जोड थियो । जनसंवाद यात्राको १५ औं दिन नयाँ शक्तिको अभियान टिम गोरखाको आरुघाट पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob