scheduleआइतवार भाद्र ८ गते, २०७६

प्रहरीको बढुवाका लागि अब कसैको चाकरी गर्नुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा सरुवा बढुवाका लागि अब कसैको चाकरी गर्नु नपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न प्रहरीका शीर्ष अधिकारीहरूलाई आग्रह गरेका छन्। विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिने प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘प्रमोशन हुनका लागि कसैलाई रिझाउनु र कसैकोमा धाउनु पर्दैन। यसअवसरमा म प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई कार्यसम्पादन मूल्यांकन र प्रमोशनका लागि न्यायोचित प्रणाली स्थापना गर्न आग्रह गर्दछु।’

उनले अबदेखि बढुवा गर्दा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि आग्रह गरेका थिए। त्यस्तै प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतकालाई पनि अनुशासनमा राख्न निर्देशन दिएका थिए ।

 प्रधानमन्त्री ओलीले प्रहरीलाई अरु देशको भन्दा कुनै पनि हिसाबमा कमजोर बन्न नदिइने स्पष्ट पार्दै आवश्यक भौतिक, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage