scheduleबिहिवार बैशाख १२ गते, २०७६

सुनको भाउ निरन्तर ओरालो लाग्यो


काठमाडौं, २९ माघ । केही दिनयता सुनको भाउ निरन्तर ओरालो लागेको छ । बढेर ६२ हजार ७ सय रुपैंया तोलामा किनबेच भइरहेको सुनको भाउ निरन्तर ओरालो लागेको हो ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ६१ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७७० रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob