scheduleसोमवार भाद्र २ गते, २०७६

कमल थापा नेतृृत्वको राप्रपाले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्दै, तयारी सुरु

काठमाडौं, २९ माघ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । फागुन १५ गते गते राप्रपा अध्यक्ष थापाले ताप्लेजुङबाट उक्त यात्राको शुभारम्भ गर्ने भएका हुन् ।

हिन्दू राष्ट्रको पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि जनजागरण गर्ने यात्राको उद्देश्य रहेको राप्रपाले जनाएको छ ।

यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा सचिवालय स्थापना गरी तयारी भइरहेको राप्रपा प्रचार विभागले जनाएको छ । यस्तै जिल्ला जिल्लामा पनि तयारी थालिएको उक्त पार्टीले जनाएको छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्ने र फागुन ३० गते उपत्यकामा सभा गर्दै सम्पन्न हुने उक्त पार्टीले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दूरीको यात्रा तय गर्ने राप्रपाले जनाएको छ । यात्राकाक्रममा हुने सभालाई राप्रपा अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage