scheduleशुक्रवार बैशाख १३ गते, २०७६

तपाई शेयर भर्ने सोचमा हुनुहुन्छ ? ३५ करोडको आइपीओ आउँदै

काठमाडौं, २९ माघ । युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार शेयर कम्पनीलाई ३५ करोड ३४ लाख ३४ हजार रुपैंयाको आइपीओ निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैंया अंकित ३५ लाख ३४ हजार ३ सय ४० कित्ता आइपीओ निष्काशन गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयको निष्काशन गरेको ७ करोड ५० लाख रुपैंया बराबरको ७ लाख ५० हजार कित्तामध्ये बिक्री नभएको ६ लाख २१ हजार ७ सय ९० कित्तासमेत थप गरी सर्वसाधारणका लागि उक्तमात्रामा शेयर निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob