scheduleबिहिवार बैशाख १२ गते, २०७६

राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

काठमाडौं, २९ माघ । राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दुवै असफल भएको भन्दै राजतन्त्र फर्किन सक्ने चेतावनी दिएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा उनले सरकार र प्रमुख प्रतिपक्षी दलले अवसरको सदुपयोग गर्न नसकेको भन्दै भने, ‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’

उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे । उनले भने, ‘राजतन्त्र फर्किन सक्छ।’ राणाले ओली सरकारलाई दुई तिहाई ल्याएकोमा भने मान्नैपर्ने तर्क गरे । उनले भने, ‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलो पटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको पनि उनको आरोप छ । उनले भेनेजुयला प्रकरणमा वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob