scheduleआइतवार भाद्र ८ गते, २०७६

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

काठमाडौं, २९ माघ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको निधन भएको छ। हड्डीको क्यान्सरबाट पीडित २६ वर्षीया मनिषाको आज दिउँसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

विगत ३ वर्षदेखि भारतमा उपचार गराइरहेकी उनलाई केही समययता नेपाल ल्याइएको थियो। उनी मन्त्री यादवका छोरा अमरेन्द्र यादवकी श्रीमती हुन्।

उनको आजै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage