scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

काबुल, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् ।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गरेका थिए ।

त्यसैगरी उनि सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष पनि भएका  थिए । सन् २००१ को अन्त्यमा
तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेका  थिए ।

पूर्व राष्ट्रपति मुजाद्धिदी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुन् ।उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob