scheduleसोमवार कार्तिक २५ गते, २०७६

चमत्कार गर्छु भनेको झिलिमिलीमै बित्यो पहिलो ९ महिने प्रधानमन्त्रीकाल : प्रचण्ड

काठमाडौं, २९ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ९ महिना झिलीमिलीमै बितेर गएको अनुभूति सुनाएका छन् ।

मंगलबार सरल सहयात्रीद्वारा लिखित ‘शिखरको ढुंगा’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘कहाँ आइयो, ठीक ठाउँमा आइयो कि आइएन भन्दाभन्दै ९ महिना बित्यो। केही चमत्कार गर्ने आकांक्षा थियो तर वास्तवमा चमत्कार भन्ने केही हुँदैन ।’ उनले भने, ‘दोस्रो पटक भने मलाई झिलिमिली भएन। मेरो त्यो कार्यकाल देशलाई नयाँ दिशा दिने योजनाबद्ध अवधिका रूपमा रह्यो।’

त्यस्तै उनले बुद्धि नभएका मानिसहरू जनयुद्धमा नलागेको बताए । उनले विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै जनयुद्धकालीन कमाण्डरहरूले अहिले पनि कुनै न कुनै क्षेत्रमा उत्कृष्ट काम गरिरहेको, योग्यता, फरक क्षमता प्रदर्शन गरिरहेको बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage