scheduleआइतवार चैत्र १० गते, २०७५

प्रहरी महानिरीक्षक खनाल भारतमा

काठमाडौं, १ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजना भइरहेको आतंकवादीको चुनौतीलगायत विषयमा संचालित १९औं अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन छिमेकी देश भारतमा छन् । मंगलबार साँझ महानिरिक्षक खनाल भारत गएका हुन् ।

महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी पनि भारत गएका छन् । सेमिनारमा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरुसँग अन्र्तक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा प्रमुखहरुको प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुन जाने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशिलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सेमिनार बुधबार र बिहीबार दुई दिनसम्म चल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob