scheduleसोमवार चैत्र ११ गते, २०७५

भरूवा बन्दुकसहित ५ थान खालीनाल बरामद

अछाम, १ फागुन । तुर्माखाद गाउँपालिका–३ बस्ने ५० वर्षीय पदमबहादुर बुढालाई मंगलबार ईजाजतप्राप्त नभएको भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैरवस्थान अछामबाट खटिएको प्रहरी टोलीले बुढाले लुकाईछिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएको हो । त्यस्तै बन्दुक बनाउन प्रयोग हुन सक्ने ५ थान खालीनाल समेत बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob