scheduleसोमवार आश्विन ६ गते, २०७६

नेकपालाई फुटाउने प्रयास भइरहेछ : प्रचण्ड

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र दुई तिहाई बहुमतको सरकारबाट अत्तालिएकाहरुले नेकपालाई फुटाउन प्रयास भईरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार भएको जनआन्दोलन र जनयुद्धमा शहीद भएकाहरुको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र अवसरवादीले पार्टी फुटाउन प्रयास गरिरहेकाले सचेत हुनुपर्ने बताए ।

पार्टी एकता कसैको दयामायाका कारण नभई कम्युनिष्ट आन्दोलनको उपलब्धीका कारण भएको भन्दै उनले विश्वमै उदाहरण प्रस्तुत गर्नेगरी कम्युनिष्ट आन्दोलनको नयाँ सम्भावनालाई स्थापित गर्ने अवसर पनि आफूहरुसँग रहेको बताए ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपनि उनकै सल्लाहमा कार्यक्रम गरिएको बताए । तत्कालिन माओवादीले मनाउँदै आएको जनयुद्व दिवसको सन्दर्भमा उक्त कार्यक्रम भएको हो । पहिलोपल्ट पूर्वएमाले पनि जनयुद्ध दिवससँग जोडिएर श्रद्धाञ्जली कार्यक्रममा सरिक भएपछि प्रचण्डले भावनात्मकरुपमै पार्टी एक भएको पनि बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage