scheduleशुक्रवार भाद्र ६ गते, २०७६

ट्याक्सी ड्राइभरले लुटे १ लाख

काठमाडौं , २ फागुन । काठमाडौं महानगरपालिका–९ एयरपोर्ट गोल्डेन गेट नजिकबाट काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–९ घर भएका ५६ वर्षीय रामराजा कार्कीको नगद १ लाख रुपैयाँ लुटपाट भएको छ ।

सोही ठाउँस्थित सडकमा बा १ ज ९०७१ नम्बरको ट्याक्सीले कार्कीलाई ठक्कर दिंदा बाँया खुट्टामा चोट लागेपछि भएको विवादमा हाल नाम, थर, वतन नखुलेका ट्याक्सी चालकले कुटपिट गरी उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ ।

फरार ट्याक्सी चालकको प्रहरीले खोजी गर्नुका सथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage