scheduleशुक्रवार भाद्र ६ गते, २०७६

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने


नयाँ दिल्ली, २ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जाँदैछन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लागेको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लागेको अधिकारीहरुले जनाएका छन् ।

यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आएका थिए ।

मोदीको भ्रमणका क्रममा मोदी र मुनका बीचमा दुई पक्षीय सम्वन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage