scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

कंगनाले आफ्नै जीवनको बायोपिक निर्माण गर्ने, ऋतिक र करन अब के गर्लान्

काठमाडौँ, ३ फागुन । बलिउड अभिनेत्री कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने भएकी छिन् ।

केही न केही विवादमा आइरहने कंगनाले आफ्नो बायोपिक निर्माण गर्ने भएकी हुन् ।

कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा आएकी उनी कहिले करन जोहरसँग पनि विवादमा परिन् ।

उनले बनाउने फिल्ममा ऋतिक र करनको पात्र पनि राख्ने बताइएको छ ।

मनिकर्निका फिल्मबाट चर्चाको शिखरमा रहेकी यी अभिनेत्रीले गरेको यो घोषणाले बलिउडमा ठुलै हलचल ल्याउने बताइएको छ । यसबारे ऋतिक, करनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob