scheduleबुधवार मंसिर ४ गते, २०७६

छेपारोजस्तो खामोमा टाँसिएर अगाडि बढ्न सकिन्नँ : डा. भट्टराई


कास्की, ३ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले छेपारोले खामो समातेजस्तो गरेर अगाडि बढ्न नसकिने बताएका छन् ।

‘पुरानो विचार छाडेर नयाँ विचार अपनाउँदा मानिसहरु विभिन्न आरोप लगाउँछन् । छाड्ने कुरा होइन, अगाडि बढ्ने कुरा हो,’ उनले भने, ‘छेपाराले खामो समातेजस्तो गरेर अगाडि बढ्न सकिन्नँ ।’

जनसंवाद यात्राको १८ ‍औं दिन पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले पुरानो विचारविरुद्ध विद्रोहको झण्डा उठाउन आह्वान गरेका हुन् ।
‘युवाहरुले सधैं विद्रोह गर्नुपर्छ । विद्रोहका स्वरुपहरु फरक हुनसक्छन्,’ उनले भने, ‘विद्रोह कस्तो हुने भन्ने कुरा शासकीय गतिविधिमा निर्भर हुन्छ । आवश्यक पर्दा हतियार पनि उठाउनुपर्छ ।’ उनले अहिलेको विद्रोह भौतिक संरचना ध्वंस गर्ने नभएर हिजोका संस्कार, सोच, पुरानो विचार भत्काउने विद्रोह वैचारिक विद्रोह हुनुपर्नेमा जोड दिए ।

नयाँ पुस्तालाई पुरानो विचारलाई आस्थाजस्तो गरी टाँसिएर नबस्न उनको आग्रह थियो । ‘हामी २०० वर्ष अघि अगाडि सारिएका विचार पछ्याउन मात्र अभिशष्त छैनौं । विज्ञान र सूचना प्रविधिको युगमा हामीले नयाँ गोरेटो हिंड्नुपर्छ,’ उनले भने ।

उनले पुराना दिनहरुको स्मरण गर्दै भने, ‘८० को दशकसम्म हामी न्यूटनीय विज्ञान मात्रै पढ्थ्यौं, तर अहिले संसार अहिले हरेक क्षेत्रमा अगाडि बढिसकेको छ ।’ विद्यार्थीहरुलाई जुन पार्टीमा रहेको भए पनि शिक्षामा आमूल परिवर्तनको पक्षमा आवाज बुलन्द गर्न उनले आह्वान गरे । ज्ञानलाई के मात्र होइन, किन र कसरीसम्म फैलाउनुपर्ने उनको सुझाव थियो ।

नेपाल शासकीय असक्षमताका कारण धेरै पछाडि परिसकेको भन्दै तीव्र गतिमा विकासको विकल्प रहेकोमा उनको जोड थियो । ‘हामी पुरानै कुरा गरेर नबसौं । सयौं बर्ष कुर्ने फुर्सद हामीलाई छैन । संसार धेरै अगाडि पुगिसक्यो,’ उनले भने ।

‘युवा विद्यार्थीले कुनै नेता प्रशंसा वा गुणगानमा समय बर्वाद गर्ने होइन, नयाँ कुरा निरन्तर अध्ययन गर्ने हो,’ उनले भने, ‘हाम्रो मष्तिष्को शक्ति अथाह छ । त्यसको लागि आलोचनात्मक चेत हामी सबैमा रहनुपर्छ ।’

सत्यका तीन चरणको चर्चा गर्दै उनले सुरुमा उपहास गरिने, दोस्रो चरणमा शक्तिको रुपमा विचार अगाडि आउँदा भौतिक आक्रमण नै गरेर दबाउन खोजिने र तेस्रो चरणमा सबैले स्वयम्सिद्ध तथ्यको रुपमा स्वीकार्ने बताए ।

‘हाम्रो शिक्षा प्रणाली अपूरो र पूरै पछाडि परिसकेको छ । यसलाई आमूल परिवर्तन नगरी समृद्धिको गफ दिएर मात्र केही हुँदैन,’ उनले भने, ‘गुणस्तरीय शिक्षा नै समृद्धिको सबैभन्दा महत्वपूर्ण आधार हो ।’ अहिले विकसित राष्ट्रहरुको विकास त्यहाँको शिक्षा प्रणालीकै कारण सम्भव भएको उनको बुझाई थियो ।

एक फरक प्रसंगमा डा. भट‍्टराईले स्वतन्त्र विद्यार्थी युनियनमा दलीय चुनावको फोहोर नभित्र्याउन आग्रह गरे । ‘स्ववियू चुनाव विद्यार्थीले गर्ने हो, दलीय आधारमा होइन, विद्यार्थीको संयुक्त प्यानल बनाएर एजेण्डाको आधारमा प्रतिष्पर्धा गर्नुहोस्,’ उनले भने, ‘क्याम्पसभित्र आम चुनावको झल्को दिने गतिविधि निन्दनीय हुन्छ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage