scheduleशनिवार आश्विन ४ गते, २०७६

वैज्ञानिकले बनाए बिना जिपिएस चल्ने पहिलो रोबोट


एजेन्सी, ३ फागुन । वैज्ञानिकहरुले बिना जिपिएस चल्ने पहिलो रोबोट बनाएका छन् ।

उनीहरुका अनुसार यसले बिना जिपिएस बाटो चिन्न सक्छ । यो सजिलो नक्सामा हिंड्न सक्छ ।

यो अध्ययनले स्वचालित सवारी साधनलाई चलाउनको लागि नयाँ मार्गप्रशस्त गर्न सक्नेछ । फ्रान्सको नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका शोधकर्ताले बनाएको उक्त यन्त्रमानवलाई ‘एन्टबोट’को नाम दिइएको छ ।

मरुभूमिमा पाइने कमिलाबाट प्रेरणा लिएर बनाइएको यो यन्त्रमानव वैज्ञानिक खोजमा महत्वपूर्ण आविस्कार भएको बताइएको छ । मरुभूमिमा खानाका लागि गर्मीमा सयौं मिटरसम्म हिड्न सक्ने कमिला बाटो नबिराईकनै सजिलै घर फर्कन सक्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage