scheduleसोमवार चैत्र ११ गते, २०७५

सुदूरपश्चिम प्रदेश : १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

डोटी, ३ फागुन । सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो । सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका हुन् ।

बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर तोकिएको छ । पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा तोकिएको छ । यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका रहेको छ ।

यस्तै, बझाङको काँडा गाँउपालिकाको नाम साइपाल, डोटीको वोगटान गाँउपालिकाको नाम वोगटान–फुड्सिल र सायल गाँउपालिकाको केन्द्र ओमनगर तोकिएको छ । डडेल्धुराको नवदूर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर, बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob