scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

भियतनामी समुद्रमा यसरी जमे प्रदीप र जसिता


काठमाडौं, ३ फागुन । चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत ‘घाम जुन चाहिँदैन…’ को भिडियो दर्शकमाझ ल्याईएको छ । लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका गीतमा विदेशका सुन्दर दृश्यहरु समेटिएका छन् ।

यसपटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार दिएको बताएका छन् ।

आगामी २२ चैतबाट सिनेमा हलमा रिलिज हुने यो लभ स्टेशनको घाम जुन चाहिँदैन…को भिडियो बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।
यो गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् ।

भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायांकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायांकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए ।

हेर्नुहोस् भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob