scheduleआइतवार चैत्र १० गते, २०७५

उखुबारीमा ११ वर्षीय बालिका बलात्कृत

मोरङ, ३ फागुन । मोरङ दुहवीभलुव नगरपालिका–९ बस्ने ११ वर्षीया बालिका उखुबारीमा बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–१ बस्ने २२ वर्षीय सलमोदिन मियालाई प्रहरीले पक्राउ गरेको हो ।

को २ ह २०११ नम्बरको सिटि सफारीका चालक मियाले बालिकालाई फकाई सिटि सफारीमा हाली विराटनगर महानगरपालिका–४ ईकराइस्थित उखुबारीमा लगेर जवरजस्ती करणी गरेको र स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले सिटि सफारीसहित मियालाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob