scheduleशनिवार चैत्र ९ गते, २०७५

छोरा पाए खसी, छोरी पाए भोकै

सिमकोट, ४ फागुन । गर्भ तथा जन्मनेवित्तिकै छोराछोरीबीच विभेद हुन्छ भनेको सुन्दा अचम्म लाग्ला तर यहाँ यस्तै छ । छोरा पाउँदा खसी र छोरी पाउँदा फर्सी भन्ने पुरानो उखानको यहाँ अझै नवीकरण भएको छैन ।

‘ एक वर्ष अघि छोरा जन्माएपछि खसी काटेर सुत्केरीलाई ख्वाए तर त्यस अघिका चार जना छोरी जन्माउँदाका दुख्ख म बिर्सन सक्दिनँ ,’ हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ उनापानीका रिउली महताराले भन्नुभयो ।

उहाँका चार जना छोरी र एक छोरा छन् । छोरी जन्माउँदा भने कोदाका रोटी खाएर सुत्केरीका दिन काटेको उहाँ बताउनुहुन्छ तर पनि गुनासो छैन । छोरा जन्माएर खसी खाएपछि पहिलेका सबै दुःख बिर्सनुभएको छ ।

हिमाली जिल्ला हुम्लामा एउटी आमाले गर्भधारणा गरेर बच्चा जन्माएपछि छोरो वा छोरी के हो ? थाहा पाउने बित्तिकै विभेद सुरु हुने गरेको छ । सामाजिक मान्यता र पितृसत्ताको सोचको कारण छोरो घरको अंश खाने र बिँडो थाप्ने तर छोरी अर्काको घरमा जाने भएकै कारण यस्तो विभेद हुने गरेको स्थानीय वासिन्दाले बताउने गरेका छन् । गोरखापत्र दैनिकमा राजन राउतले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob