scheduleबिहिवार भाद्र ५ गते, २०७६

कांग्रेसको नर्सरीमै लोकतन्त्र कमजोर

काठमाडौं, ४ फागुन । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ ।

पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन् ।

जसमा ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् । नेविसंघको ४८ वर्षमा ११ महाधिवेशनर्फत् १८ सभापति चयन भएका र जसमध्ये निर्वाचित ६ र तदर्थ समितिका पाँच गरी ११ सभापतिले मात्रै महाधिवेशन गराउन सकेको विस्तृत रिपोर्ट नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage