scheduleशनिवार चैत्र ९ गते, २०७५

वीर अस्पताल छ महिनादेखि पदाधिकारीविहीन

काठमाडौँ, फागुन ४ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल छ महिनादेखि पदाधिकारीविहीन छ । गत साउन २३ मा तत्कालीन उपकुलपति प्राडा गणेश गुरुङको कार्यकाल सकिएपछि हालसम्म सरकारले उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले गत २७ साउनमै सूचना जारी गर्दै उपकुलपतिका लागि आवेदन माग गरेको थियो । माग अनुसार २५ जनाले त्यसका लागि आवेदन दिनुभएको थियो ।

आवेदकमध्येका प्रस्तुतिबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । तर, हालसम्म पनि सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारीका लागि स्वास्थ्य मन्त्रालयबाट गर्ने सबै काम सकिएको जानकारी दिनुभयो । ‘मन्त्रालयको तर्फबाट कुनै पनि काम बाँकी छैन’,मन्त्री यादवले थप्नुभयो,’अब मन्त्रिपरिषद्बाट उपकुलपति नियुक्त गर्नुपर्नेमा हालसम्म नियुक्त गरिएको छैन ।’

अब केही दिनभित्र न्याम्सको उपकुलपति नियुक्त हुने जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob