scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

ओली सरकारको एक वर्षः विदेश भ्रमण यथेष्ट, विदेश नीति अलपत्र

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन गरेको एक वर्ष पूरा भएको छ । यो अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका उल्लेख्य विदेश भ्रमण सम्पन्न भए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईपटक औपचारिक भ्रमण, बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भयो । नेपालले छिमेकबाट बाहिर निस्केर अमेरिका, जापानसँग औपचारिक कूटनीतिक वार्ता गर्‍यो । तर, पूर्वघोषित विदेश नीति र कूटनीतिक आचारसंहिता पुनरावलोकन भएन ।

कूटनीतिक आचारसंहिता र परिवर्तित सन्दर्भमा विदेश नीतिको पुनरावलोकनका लागि सरकारले पूर्वघोषित राष्ट्रिय संवाद नै आयोजना गरेन ।

यद्यपि, सरकारले आर्थिक कूटनीति सञ्चालनका लागि यसबीचमा देशगत रणनीतिको मस्यौदा तयार गरेको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका कार्यान्वयनमा आइसकेको छ, जसअनुसार राजदूतहरूले राष्ट्रपतिसमक्ष शपथ लिन थालेका छन् । नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob