scheduleशनिवार जेष्ठ ११ गते, २०७६

राम्रो निद्राका लागि शरीरको तापक्रमअनुसार बदलिने ओछ्यान


एजेन्सी, ४ फागुन । अमेरिकी कम्पनी एट स्लीपले ‘द पोड’ नामक स्मार्ट ओछ्यान सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ता राम्रो निन्द्राको लागि आवश्यकताअनुसार तापक्रम बदल्न सक्छ ।

राति जब शरीरको तापक्रम बदलिन्छ, तब ओछ्यानले पनि आवश्यकताअनुसार तापक्रम बदल्छ । उक्त ओछ्यानले आफ्नो एआई र बायोफिडब्याक सेन्सर्समार्फत् ५५ डिग्री फरेनहिटदेखि ११५ डिग्री फरेनहिटको बीच उपयुक्त तापमान निर्धारण गर्दछ । यसको मूल्य सवा दुई लाख नेपाली हाराहारी पर्ने कम्पनीले जनाएको छ । यस्तो ओछ्यानलाई स्मार्ट होम प्रोडक्ट अमेजन एलेक्सा र फिलिप्स लाइट बल्बबाट पनि जोड्न सकिन्छ ।

जब तापक्रम बढ्न थाल्छ, यो ओछ्यानमा थर्मल घण्टीले चिसो बढाउन थाल्छ । ओछ्यानको हरेक भागमा फरक फरक तापक्रम मिलाइएको हुन्छ । यसले गर्दा शरीरलाई जति तापक्रम चाहिन्छ, त्यति नै प्राप्त गर्दै आरामदायी निद्रा पाउन सकिन्छ ।

ओछ्यानमा वाइफाइ र उपकरण पनि जोडिएकोले यसले कम्प्युटरजस्तै काम पनि गर्छ । उपकरणलाई ओछ्यानसँगै भएको पानी ट्यांकीसँग पनि जोडिएको हुन्छ । जसले तापक्रम मिलाउन सहयोग गर्छ ।
कम्पनीका सीइओ मेटिओका अनुसार राति शरीरको तापक्रममा परिवर्तन आइरहन्छ । यस्तो अवस्थामा ओछ्यानसँग शरीरको स्पर्शसँगै यसले तापक्रम मिलाउन सुरु गरिहाल्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob