scheduleशनिवार जेष्ठ ११ गते, २०७६

अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा


न्यूयोर्क, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले सङ्कटकाल घोषणा गरेका हुन् ।

सङ्कटकाल घोषणापत्र जारी गर्दै मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने ट्रम्पको अडान रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने ट्रम्पको भनाइ छ ।

मेक्सिकोको सीमाबाट लागुऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले पर्खाल लगाउन खोजेको बताउँदै अब त्यो समाधान हुने दाबी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob