scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

बारको चुनाव लड्न बन्यो वैकल्पिक कानुन व्यवसायी संगठन, प्यानल घोषणा


काठमाडौं, ४ फागुन । वैकल्पिक कानुन व्यवसायी संगठन नेपालले नेपाल बार एशोसिएशनको चुनावमा भाग लिने भएको छ ।

‘न्यायमा सबैको सहज पहुँच, निष्पक्षता र पारदर्शिता, न्यायालयको शुद्धता र पुनःसंरचना हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ उक्त संगठन निर्वाचनमा होमिन लागेको हो । आगामी चैत्र १६ गते हुने बारको चुनावमा भाग लिन कृष्ण शर्मा अध्यक्षमा र डा. रामहरि त्रिपाठी महासचिव रहेको प्यानल समेत यो संगठनले घोषणा गरेको छ ।

‘यस संगठनले स्थापनाको शुरुवात देखिनै ‘समावेशी विकास र समृद्धि’ को लक्ष्य प्राप्ति गर्न सुशासनयुक्त राज्य प्रणालीको माग गर्दै आएको छ,’ संगठनका संयोजक फणिन्द्र देवकोटा भन्छन्, ‘राज्य प्रणालीको अभिन्न अंगको रुपमा रहेको न्यायापालिका क्षेत्रको सैद्धान्तिक र व्यवहारिक पक्ष अझै पनि सुशासनयुक्त अनुभुति गर्न सकिएको छैन । यस्तो अवस्थामा विकृतियुक्त खर्चिलो निर्वाचन शैलीबाट मुक्त भई न्यायमा सबैको सहज पहुँच, निष्पक्षता र पारदर्शिता, न्यायालयको शुद्धता र पुनःसंरचना हाम्रो प्रतिबद्धता भन्ने मूल पेशागत नाराका साथ यस संगठनले आगामी निर्वाचनमा भाग लिदैंछ ।’

सबै विकृति, विसंगति र पुराना विरासतबाट मुक्त नयाँ संकल्प सहितको नयाँ नेतृत्व नेपाल बारको लागि आजको आवश्यकता रहेको देवकोटाको जोड छ । नेपाल बार एशोसिएशनको सुदृढ नेतृत्वको आवश्यकता महशुस गरी आगामी निर्वाचनमा अध्यक्षमा कृष्ण शर्मा, उपाध्यक्षहरुमा नवराज दाहाल, घनश्याम श्रेष्ठ, पोम नारायण अर्याल, नरेन्द्र नाथ योगी र हिमालय विक्रम बिष्टले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

महासचिवमा डा. रामहरि त्रिपाठी र कोषाध्यक्षमा नारायण खरेल उम्मेदवारी दिँदैछन् भने दलित सदस्यमा रामबहादुर मिजार, मधेसी/मुस्लिम सदस्यमा देवनारायण चौधरी, आदिवासी जनजाति सदस्यमा सूर्य सम्बाहाम्फे र रिनोज डंगोल र खुला सदस्यहरुमा राजुराज अधिकारी, प्रकाश सापकोटा, श्रीधर ङाखुसी र देबेन्द्र थापाले उम्मेदवारी दिने संयोजक देवकोटाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob