scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

बार्सिलोनाका अध्यक्षले गरे नेयमार फर्कने सम्भावनाको खारेजी


बार्सिलोना, ४ फागुन । स्टार फुटबलरहरु विभिन्न क्बलमा आउनेजाने गर्छन् । यसबारेको बजार हल्लाले पनि उनीहरुका समर्थकहरुमा नयाँ तरंग ल्याइरहन्छ । पछिल्लो समय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार फेरि बार्सिलोना फर्कने हल्लाले पनि बजार तताएको थियो ।

तर, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यस्तो हल्लालाई अस्वीकार गरेका छन् । उनले नेयमार बार्सिलोना पुनर्गमन फर्कने हल्लाको खारेजी समेत गरे । नेयमार २ सय २२ मिलियन युरो लिएर सन् २०१७ बार्सिलोनाबाट पिएसजी पुगेका थिए ।

अध्यक्ष मारियाले भने, ‘नेयमारसँग कुरा भएको छ । केहि पटक हाम्रो बीचमा भेट पनि भएको छ । तर कसैले पनि उनी फर्कन चाहेको बताएका छैनन् ।’ नेयमारको पीएसजीसँग सम्झौता रहेको र यो उनको दोस्रो सिजन भएकोले तत्काल पीएसजीले उनलाई बिक्री गर्ने सम्भावना नरहेको उनको तर्क छ । उनले भने, ‘पीएसजीले उनलाई बिक्री गर्छ भन्ने सोच्नु कठिन विषय हो । हामी त्यो चाहदैनौं पनि ।’

बार्सिलोना अध्यक्षले आयक्सका रक्षक माथिस डे लिटबारे पनि आशावादी कुरा राखे । उनले लिटप्रति बार्सिलोनाको चासो र रुचि रहेको बताए ।
उनले भने, ‘हालै क्लबले आयक्सबाट फ्रेन्की डी जोङलाई भित्राएको छ । त्यसबाहेक लिज्टलाई पनि भित्र्याउन क्लबको योजना रहेको छ ।’ उनले अगाडि थपे, ‘उनीजस्तो खेलाडीप्रति हाम्रो चासो छ । यो सत्य हो कि उनी अर्को महत्वपूर्ण खेलाडी हुन् ।’ समय अझै बाँकी रहेकोले मार्च वा अप्रिलमा यसबारे क्लबले अझै विचार गर्ने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob