scheduleशुक्रवार चैत्र ८ गते, २०७५

सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको छ : प्रचण्ड

भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताएका छन्  ।

पूर्वप्रधानमन्त्री समेत रहेका  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले  विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका  छन् ।

विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाइ अभियानले दिएको बताउँदै उनले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएको छ भने । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुने उनको जोड थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob