scheduleबुधवार मंसिर ४ गते, २०७६

विश्वका घुम्नलायक उत्कृष्ट शहर : पहिलोमा कोपनहेगन, पाँचौमा काठमाडाैं

काठमाडौं, ५ फागुन । लोन्ली प्लानेटले विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ ।

उक्त सुचीको पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परको छ भने नेपालको राजधानी काठमाडौं पाँचौ स्थानमा पर्न सफल भएको छ ।

दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ ।

काठमाडौं मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई पछि पार्दै पाँचाै स्थानमा परेको हो ।

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पुर्‍याएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage